समाज

चितवनमा हात्तीको आक्रमण, दुई जनाको मृत्यु

फाइल तस्बिर

चितवन– हात्तीको आक्रमणमा परेर माडीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ९ का ६० वर्षिय कृष्णकली पौडेल र ३५ वर्षीय शुशिला भण्डारी रहेको ईलाका प्रहरी कार्यालय, वसन्तपुर माडीका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले जानकारी दिए।

स्थानीय रिउ खोलाको किनारमा घाँस काट्न गएको समयमा आज दिउँसो हात्तीले आक्रमण गरेको थियो। हात्तीले दिउँसो करीब ३ः३० बजे आक्रमण गरेको पाइएको श्रेष्ठले बताए।  अक्रमण गरेपछि हात्तीभने जंगलतर्पm गएको थियो। मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लैजाने तयारी छ।

प्रकाशित: १२ मंसिर २०७५ ११:०८ बुधबार

हात्तीको_आक्रमण माडी मृत्यु