समाज

आगलागी पीडितलाई आर्थिक सहयोग

रोल्पा- रोल्पा उद्योग बाणिज्य संघले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ। गत मंसिर १ गते आगलागी हुँदा करिब ५० लाख बढिको क्षति भएको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी प्रेमबहादुर डाँगीलाई रोल्पा उद्योग वाणिज्य संघले सहयोग गरेको हो। उद्योग वाणिज्य संघका सदस्य समेत रहेका डाँगीको ज्ञानु स्टोर्समा आगलागी भएको थियो।

रोल्पा उद्योग वाणिज्य संघमा आवद्ध भै सदस्यता लिएका साधारण सदस्यहरुको फर्ममा कुनै आगलागी, बाढि पहिरो आदीले क्षती पुर्‍याएमा संघको तर्फबाट सहयोग गर्नको लागि आकस्मीक राहत कोष खडा गरिएको छ। उक्त कोषबाट संघका अध्यक्ष विश्व कुमार चन्द चन्दले १५ हजार नगद हस्तान्तरण गरेका हुन्।

‘ब्यापारीहरुको फर्म वा पसलमा कुनै कारणले भबितब्य परि क्षति भएमा उहाँहरुलाई राहतका लागि भन्दै आकस्मीक राहत कोष खडा गरेका छौ। त्यही कोषबाट ज्ञानु स्टोर्सका प्रोपोराईटर प्रेमबहादुर डाँगीलाई १५ हजार नगद सहयोग गरेका हौ।’ आफ्नो स्थापनाकालदेखि नै रोल्पा उद्योग बाणिज्य संघले जिल्लामा सामाजिक सेवामा समेत काम गर्दै आईरहेको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App