समाज

टिपर दुर्घटना हुँदा १४ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिपर दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

स्थानीय चौरीमा आयोजित फुटबल खेल हेर्ने युवाहरु बोकेर कटारीबाट आउँदै गरेको ना ३ ख ३२३९ नं. को टिपर सडकमा एक्कासी पल्टेर दुर्घटना हुँदा त्यसमा सवार यात्रु घाइते भएका हुन्। दुर्घटनामा परेकामध्ये कनपा ५ का ६५ वर्षीय पदमलाल दनुवार, सोही ठाउँका २१ वर्षीय रामदास दनुवार र सोही ठाउँका ४५ वर्षीय रामदेव दनुवारको अवस्था गम्भीर रहेको इप्रका कटारीका डिएसपी ध्रुबबहादुर श्रेष्ठले बताए। 

उनका अनुसार तीनैजनालाई घट्नालगत्तै कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगर पठाइएको छ। उनीहरुसँगै घाइते भएका अन्य ११ जनालाई पनि कटारी अस्पतालले बिराटनगर रेफर गरेको डिएसपी श्रेष्ठले बताए। ३० जना सवार यात्रुमध्ये बाँकी सामान्य घाइतेको उपचार कटारी अस्पतालमै भइरहेको र केही घर फर्किसकेको प्रहरीले जनाएको छ। 

घट्नालगत्तै फरार चालक कटारी नगरपालिकाकै १८ वर्षीय सुनिल मगरको खोजी भइरहेको छ। टिपर मालिक प्रेम श्रेष्ठलाई भने सुरक्षाका लागि नियन्त्रणमा लिएर इप्रकामै राखिएको छ। तत्काल घाइतेको उपचारपछि टिपर र चालकमाथि कारबाही गर्नेगरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: ११ मंसिर २०७५ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App