समाज

नागरिककर्मी ओलीको मोटरसाईकलमा आगजनी

नेपालगन्ज- नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको घरमै आएर अज्ञात समूहले मोटरसाईकलमा आगजनी गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा सोमबार मध्यराती आगजनी भएको हो।

राती करिव पौने १ बजेतिर मोटरसाईकलमा आगो बलिरहेको देखेपछि वरपरका छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घरको बरण्डासँगै रहेको च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको उक्त मोटरसाईकलको पछाडीको भागमा अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ।

‘घटनाको प्रकृती हेर्दा कसैले आगो लगाएको प्रष्ट देखिन्छ,’ जिप्रका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक(सई) भाष्कर गिरीले भने। कसले र किन आगजनी गर्‍यो भन्ने कारण खुल्न सकेको छैन।

प्रकाशित: ११ मंसिर २०७५ ०७:०९ मंगलबार

मोटरसाइकल आगजनी