समाज

निर्मला पन्तकी आमा भन्छिन् : परिवारकै बेहाल भयो (भिडियो)

शिक्षण अस्पताल महाराजगञ्जमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई सहयोग हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराई। तस्बिर : केशव थोकर

काठमाडौं- श्रीमानको उपचार गराउन काठमाडौं आएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले परिवारको बेहाल भएको बताएकी छन्। 

एक तर्फ न्यायको लागि संघर्ष र अर्को तर्फ श्रीमान विरामी हुँदा समस्या भएको उनले बताइन्। 'उहाँ (श्रीमान्) लाई ठिक नबनाए हामीले सम्हाल्न नसक्ने अवस्था छ', त्रिवि शिक्षण अस्पतालमा उनले भनिन्, 'यहाँ ल्याउँदा पनि गाडीमा बसाउनै अप्ठ्यारो भयो। सेती अस्पतालमा सुई लगाएर ल्याउनु पर्ने अवस्था आयो।'

श्रीमानको अवस्था हेर्दा उहाँले हामीलाई पालन पोषण गर्नुहोला भन्ने अशा टुटेको उनले बताइन्। 'यस्तै भइरहे हामीले उहाँको सेवा कसरी गर्न सकौंला?,' पन्तले निरासा प्रकट गरिन्।

आफुमा न्यायको आश रहेको बताउँदै घटनामा सुरुदेखि नै लापरवाही भएकोले यो अबस्था आएको बताइन्। 'सबैले न्यायको आशा देखाउनु भएको छ', उनले भनिन्, ' ४ महिना भयो अझै न्याय मिलेको छैन। गम्भिर भएर घटनाको सत्य तथ्य निकालिदिनुस्।'

एक लाख हस्तान्तरण

शिक्षण अस्पतालमामा उपचार गराइरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई भेट्न पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

गोरखा घर भै हाल अष्ट्रेलियामा रहेका नयाँ शक्ति अभियन्ता अनिल पाण्डे/सबिता भट्टराईले पठाएको एक लाख पन्त परिवारलाई हस्तान्तरण गरेका हुन्। छोरीको जन्मदिनको खर्च कटाएर निर्मला पन्तकी आमा दुर्गादेवीलाई विपत्तिको बेलामा १ लाख सहयोग गरेको उनीहरुले बताएका छन्।

भट्टराईले यो राष्ट्रिय मुद्दा बनेको बताए। हत्या, बलात्कार जस्ता अपराधलाई ढाकछोप गर्नु अर्को अपराध भएको उनले बताए। घटनाको प्रमाण मेटाउन संलग्नहरुलाई अनुसन्धान गर्न उनले भने।

प्रकाशित: १० मंसिर २०७५ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App