समाज

रौतहटमा पुरुषको शव भेटियो

रौतहट– रौतहटमा एक पुरुषको शव भेटिएको छ।  रौतहटको वृन्दावन नगरपालिका ८ आँकडपाथर टोलको उत्तरपट्टि करिब एक किलोमिटर टाढा उखुबारीमा अपरिचित पुरुषको शव भेटिएको हो। शवको पहिचान खुल्न सकेको छैन्। 

घटना केही पहिलेको भएकोले शव कुहिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। सोमबार बिहान स्थानीयले केही दिन पहिलेको शव गन्हाइसकेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका सहायक प्रहरी निरीक्षक सुरेशकुमार गुप्ताले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सई गुप्ताले बताए।

प्रकाशित: १० मंसिर २०७५ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App