समाज

बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौं– राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। 

सोमवार दिउँसो साढे ३ बजेतिर बुद्धनगरको युन पार्कको पुल छेउमा रहेको गौरीशंकर फर्निचर शोरुममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। आगलागीको कारण खुल्न सकेको छैन्। उद्योगका सञ्चालक राम कार्कीले भने विद्युत सर्ट भएर आगो लागेको बताएका छन्। 

प्रहरीका अनुसार आगो लगभग नियन्त्रणमा आइसकेको छ। ९ वटा दमकल र २० औं पानी ट्यांकर प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको छ। ‘भित्रभित्रै लागेको फर्निचरबाट धुवा आइरहेको छ। अब आगो बढ्दैन’, डिएसपी बोगटीले भने। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र, नेपाल आर्मी र खटिएका छन्।

उद्योगका सञ्चालकले आगलागीबाट करिब ४ देखि ५ करोडसम्मको फर्निचर सामग्री जलेर नष्ट भएको बताएका छन्। यद्यपी घटनाको एकिन विवरण आउन बाँकी छ। 

प्रकाशित: १० मंसिर २०७५ ११:२९ सोमबार

फर्निचर_उद्योग आगलागी