समाज

महिना बित्यो, खुलेन् विमानस्थल

स्तरउन्नती गरिँदै जुम्ला विमानस्थल । तस्बिरः डिबी/नागरिक

जुम्ला – कर्णालीकै सुविधा सम्पन्न जुम्ला विमानस्थल स्तरउन्नतीको लागि बन्द भएको एक महिना बितिसक्दा पनि अहिलेसम्म खुल्न सकेको छैन्। कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। मंसिर ८ गतेसम्म स्तरउन्नतीको जिम्मा पाएकोमा ९ गतेदेखि विमानस्थलमा जहाज अवतरण हुनुपर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन्। तर, स्तरउन्नतीको काम नसकिएको भन्दै केही समय निर्माण कम्पनीले मागेको विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए।

उनका अनुसार जुम्ला विमानस्थल नेपाल नागरिक उड्यायन प्राधिकरण केन्द्रीय कार्यालयको आदेश पर्खेर बसेको छ। कार्तिक ८ गतेदेखि विमानस्थल बन्द भएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारीले जहाज ल्याएर अवतरण गरेपछि झण्डै दुई साता विमानस्थल सञ्चालनमा आएको थियो। हिउँदको महिनामा कालोपत्रे नटिक्ने भएकोले पिचको काम तिब्र रुपमा अघि बढेको छ। जुम्लामा तारा, सिता, समिट र नेपाल एयरलाइन्सको जहाज चल्छन्। प्रमुख शर्माले भने,“झण्डै एक महिना जुम्लामा कुनै पनि जहाज चलेन्।

विमानस्थलको स्तरउन्नतीको कामले तिब्रता पाइरहेको छ। विमानस्थलको रनवे र पार्किङ तिर घास उम्रनेदेखि पहिले गरेको पिच उप्किसकेकोले स्तरउन्नती गर्न लागिएको हो। विमानस्थलको स्तरउन्नती कार्यलाई फागुन चैत गरी धकेल्दा ढिलो भइसक्ने र कार्तिक भन्दा पहिले गर्न नसकिने भएकोले यो महिनालाई अनुकूल मानेर स्तरउन्न्तीको कार्य भएको हो। विमानस्थल प्रमुख शर्माले भने,“दसैं तिहारको यो समयमा विमानस्थल बन्द नगर्नुपर्ने भएपनि यहाँको अनुकूलताले बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो।”

यता जुम्लाबासीले दसैं तिहारको चापको समयमा विमानस्थल बन्द भएकोमा दुःख व्यक्त गर्दै छिटो भन्दा छिटो स्तरउन्न्तीको कार्य सम्पन्न गर्न माग गरेका छन्। एक महिना बितिसक्दा पनि स्तरउन्नती कार्य नसकिनुले दुःखी बनाएको स्थानीय बताउँछन्। विमानस्थल स्तरउन्नतीका लागि चाहिने कामदार र निर्माण सामाग्री आइसकेकोले स्तरउन्नती कार्यमा ढिला नहुने भनिएकोमा एक महिना बढि समय बितिसक्दा पनि सकिएको छैन्।

मंसिर–पुष महिनामा यहाँको चिसोले पिच गर्न नसकिने भएकोले कार्तिक महिना भित्रै स्तरउन्नतीको काम सक्ने गरि तयारी भइरहेको थियो, तर अहिलेसम्म विमानस्थल स्तरउन्नतीको काम सकिएको छैन्। अहिले यहाँका यात्रु कर्णाली सडक हुँदै सुर्खेत, नेपालगंज र काठमाडौंको यात्रा गर्न थालेका छन्।

प्रकाशित: ९ मंसिर २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App