समाज

हृदयघातबाट वडाअध्यक्षको मृत्यु

नेपालगन्ज- कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसोहन थारुको हृदयघातबाट निधन भएको छ। आइतबार बिहान करिव ८ बजेतिर घरमा बसिरहेका बेला हृदयघात भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको नेपाली कांग्रेसका नेता नारायण गौडेलले जानकारी दिए। थारु स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित: ९ मंसिर २०७५ ०६:३८ आइतबार

हृदयघात वडाअध्यक्ष