समाज

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिमा भिख!

तस्बिरः विजय गजमेर

काठमाडौ– राट्रपति विद्यादेवी भण्डारीका लागि गाडी किन्ने पैसा जुटाउन भन्दै आज केही युवाहरुले पसुपति मन्दिर परिसरमा भिख मागेका छन्। 

राष्ट्रपतिका लागि १८ करोड मूल्य पर्ने विभिन्न गाडी किन्ने सरकारी तयारीको चर्को विरोध भइरहेको छ। गाडी किन्ने निर्णयको विरोध र व्यंग्य गर्न युवाहरुले भिख माग्ने कार्यक्रम राखेका हुन्।

उनीहरुले १–१ रुपैयाँ भिख माग्न बसेका हुन्। युवाहरुले समृद्दि हाम्रै पालामा, १८ करोडको झापड गणतन्त्रको गालामा, भन्ने नारा लेखिएका व्यंग्यात्मक प्लेकार्ड राखेर भिख मागेका थिए। 

 

राष्ट्रपति_विद्यादेवी_भण्डारी गाडी भिख