समाज

लागु औषधसहित दुई पक्राउ

रौतहट - लागु औषधसहित रौतहटमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर ४ का २० वर्षीय सुनज आले मगर र चन्द्रपुर ६ का १८ वर्षीय सुमन राई रहेका छन्।

सिमावर्ती भारतीय बजारबाट नेपालतर्फ अाउँदै गरेकाे उनीहरु चढेकाे गाडी चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय गरुडाको टोलिले उनीहरुलार्इ लागु अाैषध सहित नियन्त्रणमा लिएकाे हाे।

उनीहरुकाे साथबाट प्रहरीले डाइजेल्याप ७३ थान, नुर्फिन ७३ थान र फेनारगन ७३ थान गरी २१९ थान प्रतिबन्धित लागू औषध बरामद गरेकाे रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले बताए। पक्राउ परेका दुवैजनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: ७ मंसिर २०७५ ११:४५ शुक्रबार

लागु_औषध पक्राउ