समाज

पूर्व प्रधानन्याधीश गिरीको निधन

काठमाडौं–पूर्व प्रधानन्याधीश केदार प्रसाद गिरीको आज निधन भएको छ।

निमोनियाका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको गिरीको उपचारकै क्रममा आज २ः३० बजे निधन भएको हो। गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ। गिरी २०६४ असोजदेखि ०६६ वैशाखसम्म सर्बोच्चका प्रधानन्यायधीश रहेका थिए।

 

प्रकाशित: ७ मंसिर २०७५ १०:४८ शुक्रबार

केदार_प्रसाद_गिरी निधन पूर्व_प्रधानन्याधीश