समाज

दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुर्इको मृत्यु, १८ घाइते

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा मिनिबस दुर्घटना भएको छ। म १ ख ४३६नम्बरको मिनिबस सडकबाट तीन सय मिटर तल भिरमा खसेको छ।

मालिकार्जुन मन्दिरमा यात्राभर्न गएका यात्रु सवार बस सदरमुकाम खलंगा फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा परी दुर्इजनाको ज्यान जानुका साथै १८ जना घाइते भएका छन्।

घाइते १७ जनाको उद्धार  गरी उपचारका लागी गोकुलेश्वर अस्पताल पठाइएको छ। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ।

रात्रीकालीन सयम भएकाले बसमा कति जना सवार थिए भन्ने यकिन नभएको र करीब ४० जना यात्रु सवार हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य गरिरहेको दार्चुलाका डिएसपी नवराज अधिकारीले बताएका छन्। उनले उद्धार कार्य जारी रहेकाले घटनामा थप क्षती भएकाे हुन सक्ने बताएका छन्।

प्रकाशित: ७ मंसिर २०७५ ०२:२६ शुक्रबार

बस_दुर्घटना दार्चुला