समाज

हुसेन हत्या प्रकरण: सहमतिपछि परिवारले लाश बुझ्यो

इटहरी– गोली हानी हत्या गरिएका नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका हेल्पर मोहम्मद फिदा हुसेनको परिवार र सरकारी अधिकारीबीच सहमती भएपछि हुसेनको परिवार बिहीवार लाश बुझ्न राजी भएको छ।

बुधवार मर्निङवाकमा जाँदा अज्ञात समूहले उनको गोली हानी हत्या गरेपछि दोषी पक्राउ गर्न र क्षतिपूर्तिको माग गर्दै सडकमा लाश राखेर आन्दोलन गरिएको थियो। गृहमन्त्रीको राजीनामा सहित पाँच सुत्रीय माग राखेर आन्दोलन सुरु भएको थियो।

बिहीवार सरकारी अधिकारीहरुसँग भएको बार्तामा गृहमन्त्रीको राजीनामा बाहेक अन्य सबै माग पुरा गर्ने सहमति भएको छ। मृतकका छोरालाई नेपाल विद्युत प्राधिकरणमा हेल्परमा जागिर दिने, दोषीलाई पत्ता लगाउ आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउने, मोहम्मद फिदा हुसेनलाई सहिद घोषणा गर्न र दश लाख रुपैया क्षतिपूर्ती दिलाउन गृहमन्त्रालयमार्फत मन्त्रीपरिषदमा लेखिपठाउने सहमति भएको छ। यो सहमतिपछि परिवारले लाश बुझेको छ र लाशलाई पोष्टमोर्टमका लागि पठाइएको छ।

यो पनि पढ्नुहोस्

प्रकाशित: ६ मंसिर २०७५ १०:११ बिहीबार

अपराध गोली_हानी_हत्या मोहम्मद_फिदा_हुसेन