समाज

तीन बिचौलिया पक्राउ

काठमाडाैं - काठमाडाैं ताहचल स्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट प्रहरीले ३ बिचौलियालाई नियन्त्रमा लिएको छ।

श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई  हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि प्रलोभनमा पारी दु:ख दिने काठमाडाैं कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: ६ मंसिर २०७५ ०९:२८ बिहीबार

श्रम_तथा_बैदेशिक_रोजगार_विभाग बिचौलिया