समाज

बालिका बलात्कारीलाई ८ वर्ष कैद

उदयपुर– १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो।

पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सो सजायको फैसला सुनाएको हो। बालिकामाथि बालविवाह गरी बलात्कार गरेको कसुर ठहर्दै ८ बर्ष कैदसँग १ लाख ५० हजार क्षतिपुर्ति भराउन फैसलासमेत भएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

२०७५ असार १९ गते बालिकालाई प्रलोभनमा पारी भगाएर विवाह गरेको आरोप तामाङमाथि लागेको थियो। बालिकालाई प्रलोभनमा पारी बालविवाहपछि बैवाहिक बलात्कार गरेको भन्दै पीडितका आफन्त्ले गत असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिएपछि तामाङ पक्राउ परेका थिए।

पक्राउपछि हिरासतमा रहेका तामाङलाई साउन १ गते पुर्पक्षका लागि थुना आदेश दिएको थियो। दसैं तिहार र छठका कारण दुईमहिना ढिला फैसला भएको तामाङको मुद्दा छठ सकिएलगत्तै फैसला गरी उक्त सजाय सुनाइएको अदालतले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७५ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App