भक्तपुर– स्कुटर आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठक्कर खान जाँदा मंगलबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका १ सिर्जनानगर बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ जाँदै गरेको भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ७ इनाचो बस्ने बर्ष ५३ को आशाराम डुमरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
आशारामले चलाएको बा.६४ प.४६२ नं. को स्कुटर आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठक्कर खान जाँदा घाइते भएका स्कुटर चालक आशारामको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकोमा प्रहरी टोलीले उद्दार गरी उपचारको लागि नजिकैको डा. ईवामुरा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्य भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०७५ १४:३३ मंगलबार