समाज

मोदीले दिएको चन्दन सोमबारदेखि पशुपतिमा चढाइने

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ।

विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन दिएका थिए। पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने उनले बताए। यसअघि भित्र र बाहिर फरक फरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो। वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ। वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ।

पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई/अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले बताए। त्यसले नपुग्ने भएकाले महीनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ। बाह्र किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ। वासुकीनाथलाई वार्षिक छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ। यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ। रासस

प्रकाशित: २ मंसिर २०७५ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App