समाज

पानी ट्यांकरको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुर– भक्तपुरमा आइतबार विहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

बिहान ७ बजे मध्यपुर थिमी नगरपालिका ३ नमुना बस्तीमा बा ४ क ४२१४ नम्बरको पानी ट्यांकरले पैदल यात्री तेह्रथुम आठराई गाउँपालिका ७ घर भई हाल मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्र प्रसाद पराजुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घाइते भई नागरिक अस्पताल भक्तपुर पठाइएकोमा  उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। ट्याङ्कर महानगरीय प्रहरी बृत्त ठिमीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०९:१८ आइतबार

सवारी_दुर्घटना पैदल_यात्री मृत्यु