समाज

बुढीगंगा नदीमा युवकको शव भेटियाे

बाजुरा - अछामको साँफेबगर नगरपालिका–३ टोटासाल स्थित बुढीगंगा नदीमा एक युवकको शव भेटिएको छ। शव त्रिवेणी नगगरपालिका –२ छतारा बस्ने २५ वर्षीय झप बुढाको रहेको प्रहरीले बताएको छ। उनकाे मृत्यु भएकाे वा हत्या भएकाे भन्ने बारे अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालय साँफेगबरका प्रहरी उपरीक्षक मोहन साउँदले बताए। उनकाे शव नदीको किनारमा पानी भित्र डुबेको अवस्थामा भेटिएको थियाे।

प्रकाशित: २ मंसिर २०७५ ०७:५६ आइतबार

अछाम