समाज

छायानाथ रारा नगरपालिका मदिरा निषेधित क्षेत्र

मुगु– कर्णाली प्रदेशको मुगुका चार स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका देशकै पहिलो मदिरा निषेधित क्षेत्र घोषणा भएको छ।

छायानाथ रारा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका १४ वटै वडामा असोज २ गतेदेखि  सबै खाले मदिरा नियन्त्रण गर्न अभियान सञ्चान गरेपछि जिल्लामा बसेको सर्वदलीय बैठकले नगरपालिका क्षेत्रका १४ वटै वडामा मंसिर १ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यमा छायानाथ रारा नगरपालिकालाई देशको पहिलो मदिरा निषेधित क्षेत्र  घोषणा गरिएको हो। 

नगरपालिकाका १४ वटै वडाबाट स्थानीय कला संस्कृति, बाजा झाँकीसहित स्थानीयवासीको सहभागितामा नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा गरिएको छ। नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महिनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तिहरुमा नियमित प्रचारात्मक अभियान थालिएको कार्यक्रममा जानकारी गराईएको थियो। नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिका भित्रका ५ हजार बढी सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रकाशित: १ मंसिर २०७५ १५:२२ शनिबार

कर्णाली_प्रदेश मदिरा_निषेधित_क्षेत्र