समाज

सात वर्षीय बालिका बलात्कार गर्ने भारतीय युवा पक्राउ

पाल्पा – पाल्पाको रामपुर नगरपालिका–४, भीमसेनटोलकी ७ वर्षीय बालिकालाई जवरजस्ती करणी गर्ने भारतीय युवा पक्राउ परेका छन्। बिहिबार ४ बजे भारत बेतिया घर भएका २२ वर्षीय कौशर मिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ।

रामपुरमै मिस्त्री काम गर्ने कौशर मियाले बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०७५ ०७:०९ शुक्रबार

बालिका_बलात्कार भारतीय_युवा