समाज

सीप लिएर स्वदेश फर्किएपछि...(भिडियाे)

काठमाडाैं - आशिष सिन्हा र कलश तुलाधर सँगै पढेका साथी हुन्। झन्डै एक दशकको मित्रतामा गाँसिएका दुवै जना अध्ययनको सिलसिलामा अमेरिका गए र केही वर्ष उतै बसे। तर केही समयको अमेरिका बसाइ पश्चात उनीहरु नेपाल फर्कने निर्णय गर्छन्। काठमाडौंको गैह्रीधारामा रहेको आइरन मोन्क वर्क्सका संस्थापक आशिष भन्छन् 'त्यहाँ हाम्रो सुविधा सम्पन्न बसाई थियो कुनै कुराको कमि थिएन।'

नेपालमा नै पर्याप्त सम्भावनाहरु रहेको र देश विकासका लागि आफूले वहन गर्नुपर्ने जिम्मेवारी पुरा गर्न उनीहरु नेपाल फर्केको बताउँछन्।

प्रकाशित: २९ कार्तिक २०७५ ११:२३ बिहीबार

सीप अमेरिका स्वदेश