समाज

मोटरसाइकल चाेरेर लैजाँदै गर्दा कालोपुलबाट २ जना पक्राउ

काठमाडौं– चोरीको मोटरसाइकलसहित काठमाडौंको कालोपुलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समाचार कक्षका अनुसार प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  बा.९६ प ७१७७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा बारा सिमरा घर भई काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुवास तामाङ र काठमाडौं चावहिल बस्ने २१ वर्षीय प्रदीप नेपालीलाई पक्राउ गरेकाे हाे।

उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७५ १२:५९ मंगलबार

माेटरसाइकल_चाेर पक्राउ