समाज

कामपा प्रमुख–उपप्रमुख चीन प्रस्थान

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन् । कात्तिक २८ देखि ३० सम्म चीनको युहानमा हुने ‘चाइना इन्टरनेसनल फ्रेन्डसिप सिटिजन कन्फरेन्स २०१८’ मा भाग लिन शाक्य र खड्गी चीन प्रस्थान गरेका हुन्।

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो।

ल्हासा नगरले काठमाडौं महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ । उनीहरुको अनुपस्थितिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिइएको छ।    (रासस)

प्रकाशित: २७ कार्तिक २०७५ ०४:५९ मंगलबार

काठमाडौं_महानगरपालिका विद्यासुन्दर_शाक्य