समाज

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना, ३ को मृत्यु

वीरगन्ज – पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा दुई सवारी आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका–७ मा पर्ने भँवरा पुलमा राती १ बजे दुईवटा गाडी एकआपसका ठोकिदा तीन जानको मृत्यु भएको पथलैयास्थित मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार चन्द्रनिगाहपुरबाट पश्चिमतिर अउँदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट गइरहेको ग१च २३२५ नम्बरको बोलेरो पिकअप आपसमा ठोक्किदा ट्याक्सीमा सवार पाँँच जना मध्ये तीन जानाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा निजगढ निवासी २३ वर्षीय बिशाल माझी, अकाश माझी र भक्तपुर निवासी समुन्द्र श्रेष्ठ रहेका छन्।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते मध्ये २ जनाको चुरेहिल अस्पताल हेटौडा तथा एकजनाको समुदायीक अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी अनुसार तिब्र गतीका कारण पुलमा पुगेर गाडीहरु अनियन्त्रित हुँदा एक–आपसमा जुधेका थिए।

प्रकाशित: २४ कार्तिक २०७५ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App