समाज

उपराष्ट्रपति पुनले लगाए भाइटीका

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन्। उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन्।

आफ्नी एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाईटीका लगाएका हुन्। उनले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट भाइटीका लगाएका छन्।

प्रकाशित: २३ कार्तिक २०७५ ०७:२२ शुक्रबार

भाइटीका उपराष्ट्रपति_नन्दबहादुर_पुन