समाज

माइक्रोबसको ठक्करबाट एकको मृत्यु

रुकुम - रुकुम (पश्चिम) मा माइक्रोबसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट जिल्लाको मुसिकोट नगरपालिका तर्फ आउँदै गरेको  भे १ ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिंदा सल्यान बागचौर नगरपालिका–१२ की ३८ वर्षीया कल्पना ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

देउसीभैलो खेल्दै जिल्लाको त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजार तर्फ आउँदै गरेका उनिहरुलाई सल्यान र रुकुम (पश्चिम) को सिमाना खौला बजारमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ। बाटोमा हिडिरहेका उनिहरुलाई ठक्कर दिंदा कल्पना र सोहि ठाउँकी २८ वर्षीया दुर्गा केसी घाइते भएका छन्। घाइतेकाे अवस्था सामान्य रहेको र ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए।

 

प्रकाशित: २० कार्तिक २०७५ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App