समाज

डोल्पाको ठूली भेरीमा जीप खस्दा १० को मृत्यु, २ घाइते

काठमाडौ–डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनै बाट सुपानीतर्फ जाँदै गरेकाे भे १ च १६१० नंबरकाे जीप दुर्घटनामा परेकाे हाे।

घटनास्थाल पुगेका थापाका अनुसार घाइते रहेका १ चालक र अर्का १ व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ। उद्दारका लागि प्रजिअ थापासहित प्रहरी नायब उपरिक्षक अवदेश विष्ट क्षेत्रीसहित प्रहरीको एक टोली खटिएको छ। उद्दार कार्य जारी रहेको र मृतकको सनाखत भइनसकेको जनाइएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ १०:०५ सोमबार

जिप_दुर्घटना मृत्यु