समाज

आगलागीबाट एकको मृत्यु

मेलम्ची- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। 

जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए।

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ। घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन्। आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ। 

प्रकाशित: १९ कार्तिक २०७५ ०३:४७ सोमबार

आगलागी