समाज

लामाे समय माइत बसेकाे भन्दै श्रीमतीकाे हत्या

गुल्मी - श्रीमतीकाे हत्या गर्ने एक जना पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका ६ का दुर्गा बहादुर नेपालीलार्इ प्रहरीले श्रीमतीकाे हत्या गरेकाे अाराेपमा आइतवार पक्राउ गरेकाे हाे।

गत कात्तिक १५ गते राती मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीको आफुले कुटपीट गरी हत्या गरेको दुर्गा बहादुरले प्रहरी सामु वयान दिएका छन्। तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफुले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या गरेको उनले प्रहरीसामु स्विकार गरेका छन्।

दुर्गाबहादुरलाई प्रहरीले आइतवार नै सार्वजनिक गरेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले खोजतलास गर्दा शनिवार राती धाराचौर गहुँछरे जङ्गलमा लुकेर वसेको अवस्थामा उनलाइ फेला पारेको प्रहरी प्रमुख एसपी दिपक कुमार वूनेतले जानकारी दिए। 

 

प्रकाशित: १८ कार्तिक २०७५ १३:११ आइतबार

हत्या