समाज

बागमती सफाइ महाअभियान : हालसम्म करिब १० लाखकाे सहभागिता

फाइल तस्बिर

काठमाडाैं - बागमती सफाइ महाअभियानको २८६ औं साता सम्पन्न भएकाे छ। २८६ अाैं सातामा बुद्धनगर पुल क्षेत्रमा सरसफाइ गरिएकाे छ। अभियानमा नेपाली सिनेमा जगतकी सदाबहार नायिका करिष्मा मानन्धरको विशेष उपस्थिती रहेको थियो।

शनिबारकाे अभियानबाट करिब ४ मेटिक टन फोहोर व्यवस्थापन गरीएको छ। अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती आयोजना सहित १८ वटा संघसंस्था र बागमती सरसफाइ अभियन्ताहरुको उपस्थिती रहेको थियो।

अभियानको समापनमा बोल्दै नायिका मानन्धरले जल, जंगल, जमीन आदीमा प्रकृतीले बिनाकुनै स्वार्थ मानिसलाई जीवन दिइरहेकोले यसकाे संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताइन्। बागमती सफाइ महाअभियान २०७० जेष्ठ ५ गतेदेखि निरन्तर संचालन भएको छ। अभियानमा हालसम्म करिब १० लाख जनाको सहभागिता भैसकेको छ भने करिब १५ हजार मेट्रिक टन फोहोर व्यस्थापन भैसकेको बागमती सफाइ महाअभियानले जानकारी दिएकाे छ।

प्रकाशित: १७ कार्तिक २०७५ ०७:२९ शनिबार

बागमती