समाज

नेफेजमा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं – नेपाल वातावरण पत्रकार समूह (नेफेज)मा कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  नेफेजको शुक्रबार सम्पन्न ३३औँ वार्षिक साधारण सभाले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

विश्वकर्मा अध्यक्षमा निर्विरोध चयन भएका छन् भने समूहको उपाध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्। कार्कीले रोशनी अधिकारीलाई १३ मतले पराजित  गरे। कार्कीले ३७ मत ल्याउँदा अधिकारीले २४ मत पाइन्।

यसैगरी, महासचिवमा निमेश रेग्मी विजयी भए। रेग्मीले ४० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धि ध्रुब बस्नेतले १९ मत पाए। सचिवमा अम्बिका राजथला निर्विरोध चयन भइन्।

यसैगरी कोषाध्यक्षमा सविन शर्माले ३६ मत प्राप्त गर्दै पूर्णहरि अमात्यलार्इ ११ मतले पराजित गरे। अमात्यले २५ मत मात्र प्राप्त गर्न गरेका थिए।

यसैगरी, सदस्यमा क्रमशः रविन सायमी ३८ मत  र छेटु शेर्पा ३४ मतका साथ विजयी  भएका छन्। सदस्यका उम्मेदवार मुकेश पोखरेल  शेर्पासँग १ मतले पराजित भए। महिला सदस्यमा सुजता कार्की र प्रगती ढकाल निर्विरोध निर्वाचित भए भने विज्ञ सदस्यमा ज्योति बानियाँ विजयी भएका छन्।

त्यसैगरी लेखा समिती संयोजकमा गोपाल तिवारी र सदस्यहरुमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १७ कार्तिक २०७५ ०४:४० शनिबार

नेपाल_वातावरण_पत्रकार_समूह कसमस_विश्वकर्मा