समाज

जाजरकोटमा जीप दुर्घटना, एकको मृत्यु

काठमाडौं – जाजरकोटमा जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको कुसे गाउपालिका–५ खुर्पास्थित सडकमा जीप दुर्घटना हुदा चालक आठबिसकोट नगरपालिका–३ बाकेजिलुला का २१ वर्षीय कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए। उनका अनुसार सोही जीपमा सवार जाजरकोट खलंगाको राप्ती ग्रील उध्योगका मिस्त्री दाङ घर भएका निहुर आलम घाइते भएका छन्।

घाइते आलमको अवस्था गम्भिर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जनाएको छ।

सदरमुकाम खलंगादेखि लक्ष्मी प्राप्ती मावि खुर्पाको पुस्तकालयका फर्निचर सामानहरु जडानका लागि गएको भे १ च ५५७ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडकदेखि ३ सय मीटर तल खसेको जनाइएकाे छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०४:०७ मंगलबार

जीप_दुर्घटना