समाज

रौतहटमा २ काठ तस्कर पक्राउ, गस्ती टाेलीमाथि गाेली प्रहार

रौतहट - रौतहटको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा चोरी निकासी गरेर ल्याउँदै गरेको काठ सहित २ जनालार्इ पक्राउ गरिएकाे छ। जिल्ला वन कार्यालयको गस्तीटोलिले ठुलो परिमाणमा चिरान काठ सहित उनीहरुलाई पक्राउ गरेको हाे। पक्राउ पर्नेमा चन्द्रपुर ३ का चन्द्र बहादुर मेक्तान र लाल बहादुर जिम्वा रहेका जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विजय सिंहले बताए।

पक्राउ परेकाले वन क्षेत्रबाट काँचो सालको रुख कटान गरी धनसर इलाका वन कार्यालय अन्तर्गत पर्ने अतिक्रमित बस्ती भोलनटार गाउँमा चिरान गरिरहेको अवस्थामा वन गस्ति टोलीले ४२ थान चिरान काठ तथा २ थान सालको गोलिया सहित दुवै जनालाई नियन्त्रणमा लिइएकाे हाे। वन प्रमुख सिंहका अनुसार वन क्षेत्रमा रुख कटान गरी चिरान गरिरहेको सुचनाको अधारमा लमहा खोलाको माथिल्लो क्षेत्रमा गस्ती गर्दै जाँदा भोलनटार नजिक तस्कर समुहले गस्ती टोली माथि एक राउण्ड गोली फायर गरेपछि गस्तिटोलिले जवाफी कार्वाही स्वरुप दुइ राउण्ड गोली फायर गरेपछि अन्य तस्करहरु भाग्न सफल भएकाे बताए।

चाँडपर्वको मौकाको फाइदा उठाउदै काठ तस्करहरु रौतहटको राष्ट्रिय वनबाट पछिल्लो पटक व्यापक रुपमा चोरी निकासी गरिरहेको गुनासो बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाइएकाे सिंहले बताए।

 

 

प्रकाशित: १२ कार्तिक २०७५ १५:२५ सोमबार

काठ_तस्करी