समाज

बस र ट्रिपर ठोक्किदा ३ जनाको मृत्यु, दर्जनाैं घाइते

कपिलवस्तु - पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका थिए। घटनामा परी मृत्यु हुनेमा बसमा सवार दाङ गढवा गाउँपालिकाका दुर्गा सुनारका ४ बर्षे छोरा शुसान्त , सोही गाउँपालिका ४ का २५ बर्षीया पुजा नेपालीको मृत्यु भएको र एकजनाकाे भने पहिचान खुल्न नसकेकाे जिल्ला ट्राफिक कार्यालयले जनाएकोे छ। घटनामा ३१ जना घाइते भएका छन। त्यस मध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए। घाईतेहरुको लुम्बिनी र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनामा सामान्य घाइते भएका बस र ट्रिपरका चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएका छन्।

 

प्रकाशित: १२ कार्तिक २०७५ १३:४४ सोमबार

दुर्घटना