समाज

पूर्वअर्थमन्त्री डा.श्रेष्ठको निधन

काठमाडौं– पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ। पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा. श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए।

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन्। स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

भारतको बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०५९ मंसिरदेखि २०६० जेठसम्म अर्थमन्त्रीका रुपमा काम गरेका थिए।

 

प्रकाशित: १२ कार्तिक २०७५ १२:५२ सोमबार

डा._बद्रीप्रसाद_श्रेष्ठ निधन