समाज

सिनामंगलमा जलेको अवस्थामा शव फेला

काठमाडौं – काठमाडौंको एयरपोर्ट र सिनामंगलकोबीचमा रहेको कल्भर्टमा जलेको अवस्थामा एउटा शव फेला परेको छ। आज बिहान गौशालास्थित प्रहरी बृतले शव फेला पारेपछि अनुसन्धानका लागि थप टोली खटाएको छ। शव कसको हो भन्ने बारे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर टेकुको टोली समेत आयर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०५:०२ सोमबार

शव_फेला