समाज

अरिङ्गालको टोकाईबाट ३ घाइते, २ काे अवस्था गम्भीर

रामेछाप - जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रितीमा आइतबार अरिङ्गालको टोकाईबाट एकै घरका ३ जना घाइते भएका छन। घाइते मध्ये २ को अवस्था गम्भिर रहेको छ।

घर नजिकैको बारीमा घाँस काट्ने क्रममा ५० वर्षीया जितमाया कार्कीलाई अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेर जितमाया चिच्चाएको सुनेपछि आमालाई के भयो भन्दै घरबाट हेर्न पुगेका परिवारका सदस्यहरु २६ वर्षीया कमला कार्की र ७ वर्षीया जेनिसा कार्कीलाई समेत अरिङ्गालले टोकेको थियो। 

अरिङगालको टोकाईबाट घाइते भएका जितमाया कार्की र कमला कार्की को अवस्था भने गम्भिर रहेकाे छ। घाइते तीनै जनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएकाे छ। उनीहरुको सिनामंगल स्थित केएमसि अस्पतालमा उपचार भइरहेको छ।  

 

प्रकाशित: ११ कार्तिक २०७५ १३:०५ आइतबार

अरिङ्गाल