समाज

खुलै छाडिएको सडक ढलमा खसेर एक जनाको ज्यान गयो

काठमाडौं– सडक विस्तारका क्रममा सम्बद्ध पक्षले आवस्यक सेचतना नअपनाउँदा राजधानीमा एक जनाले ज्यान गुमाउनु परेको छ। खुल्लै छाडिएको ढलमा खसेर बल्खुमा आज एक जनाको ज्यान गएको हाे। बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठको मृत्यु भएको हो। 

आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिए। 
चक्रपथ विस्तार गर्ने क्रममा भत्काएर खुलै छोडिएका कारण उनको मृत्यु भएको स्थानीयले बताएका छन्। खाल्डोमा कुनै छेक बार नराखिएका कारण श्रेष्ठ अध्यारोमा खाल्डोको भेउ नपाउँदा खसेका हुन सक्ने झाले बताए। ‘बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ, उनले भने। ढलमा खसेपछि त्यही निसासिएका कारण उनको मृत्यु भएको प्रहरीको अनुमान छ। 

 

प्रकाशित: १० कार्तिक २०७५ १०:४३ शनिबार

सडक_विस्तार ढल मृत्यु