समाज

वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

रुकुम – रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्। शिक्षक बेपत्ता पारेको अभियोगमा गाउँपालिका–२ का वडा अध्यक्ष सतसिंह बुढा सहित पाँच जना पूपक्र्षका लागि कारागार चलान भएको जिल्ला अदालत रुकुम (पूर्व)का श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मा रहेको आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडा अध्यक्ष बुढा सहित अन्य ५ जनालाई कारागार चलान गर्न निर्देशन दिएको उनले बताए। वडा अध्यक्ष बुढा सहित वडाअध्यक्ष बुढा सहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, यहाँका स्थानीय रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१० का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार पाण्डेले बताए।

गत भदौ १५ गतेदेखी वेपत्ता रहेका सिस्ने गाउँपालिका–६ रुकुमकोट स्थायी घर भएका केसीको अवस्था बारे अझै कुनै जानकारी आउन सकेको छैन्। जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको एकल इजलासले उनिहरुलाई करागार चलान गरिएको हो।

शुक्रबार राती ८ बजे भएको आदेश अनुसार पुर्पक्षका लागि उनिहरुलाई रुकुम (पश्चिम)मा रहेको कारागार पठाइएको छ।

प्रकाशित: १० कार्तिक २०७५ ०५:३६ शनिबार

वडा_अध्यक्ष कारागार_चलान