समाज

रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पा – रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ। यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ।

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ। जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन्। संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन्।

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छन् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाकी अध्यक्ष राधा नेपालीले बताइन्।

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताइन्। रासस

प्रकाशित: ९ कार्तिक २०७५ ०५:११ शुक्रबार

एचआइभी रोल्पा