समाज

दोलखामा एउटा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

फाइल फोटो

दोलखा – दोलखाको गौरिशंकर गाउँपालिका–९ टासिनाममा एउटा घरमा आगलागी हुँदा एक बृद्धा र बालकको ज्यान गएको छ। गोपाल शेर्पाको घरमा आगलागी हुँदा उनकी ८० वर्षकी आमा दालकी शेर्पा र उनका ९ वर्षका छोरा मिङ्मादोर्जे शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख (डीएसपी) बासुदेव पाठकले बताए।

गएराति करिव १२ बजेतिर अगलागी भएको वडा अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। घटनामा गोपालका अर्का १५ वर्षीय छोरा फुर्साङ शेर्पा गम्भिर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष शेर्पाले बताए।

यो दोलखा उत्तरको विकट गाउँ हो। गाउँबाट घर टाढा एकान्तमा रहेकाले राति बाह्र बजेतिर आगलागी भएको भएपनि दुई बजेतिर मात्रै स्थानीयले थाहा पाएका थिए। स्थानीयका अनुसार गोपाल र उनकी श्रीमति गोठमा सुत्न गएका र घरमा हजुरआमाका साथ नातिहरु सुतेका थिए। अगेना नजिकै उनीहरुको ओछ्यान रहेकाले आगोले ओछ्यानमा टिपेर आगलागी भएको हुन सक्ने स्थानीयको आशंका छ। बिहानै घटना स्थलमा प्रहरी पुगेको छ भने घटनाको थप बिवरण आउँन बाँकी छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०२:४२ शुक्रबार

आगलागी मृत्यु