समाज

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

काठमाडौं- व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल पत्रकार महासंघ नेपाल रिपब्लिक मिडया शाखाले ज्ञवालीको निधनमा शोक सभाको आयोजना गरेको हो। बागदरबार स्थिति मिडिया हाउसमा भएको कार्यक्रममा बोल्दै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलले नेपालमा व्यवसायिक पत्रकारिताको विकासमा ज्ञवालीको अतुलनीय योगदान रहेको बताए। ज्ञवालीसँग  लामो समय काम गरेको उनले स्मरण गरे। 

मिडियामा कार्यरत पत्रकार तथा कर्मचारीहरुले ज्ञवालीको सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरेका थिए। ७९ वर्षको उमेरमा ज्ञवालीको असोज २७ गते निधन भएको थियो। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो।

चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका थिए। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए।

प्रकाशित: ८ कार्तिक २०७५ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App