तनहुँ- मादी नदी किनारमा एक महिलाको शव फेला परेको छ। व्यास–३ शान्तिनगरको भीरमुनी मादी नदी किनारामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। भारत सितामणी घर भई हाल व्यास–२ अमरापुरी बस्दै आएकी ४० वर्षिया अब्दुल मियाको शव फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान मर्निङवाक गर्न निस्किएकी मियाको खोजी गर्ने क्रममा बुधबार बिहान शान्तिनगरको भीर नजिकै लाठी र चप्पल फेला परेपछि खोजी गर्दा नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
प्रकाशित: ७ कार्तिक २०७५ ०६:५१ बुधबार