समाज

पत्रकार खाशाेग्जीको हत्याको विरोध

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ। महासङ्घले खासोग्जीको हत्याको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। 
पत्रकार खासोग्जीको हत्याको भत्र्सना गर्दै महासङ्घले हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा समेत महासङ्घ ऐक्यबद्धता प्रकट गरेको छ। गत असोज १६ गते टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको हत्या भएको थियो।  

 

प्रकाशित: ६ कार्तिक २०७५ १२:३४ मंगलबार

पत्रकार हत्या विरोध