समाज

स्कुटर र जीप ठोक्किदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

स्याङ्जा–स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्मा महिन्द्रा पिक अप र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ  भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घट्नामा मालिका गाउँपालिका–१ की २२ वर्षीया रुपमा पुनको ज्यान गएको छ भने २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन्।

कालीगण्डकी गाउँपालिकाको बिर्घाबाट गुल्मीतर्फ फर्किदै गर्दा विपरीत दिशाबाट आउदै गरेको लु १ च ७२५६ को जीपसँग लु ३७ प ३०९० को स्कुटर अनियन्त्रित भई सडकमा ठोक्एिर जीपमा पुनः ठोक्किँदा दुर्घट्ना भएको हो। मृतक र घाइते नवविवाहित दम्पत्ती हुन्।

रुपमाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर प्रसाद आचार्यले जानकारी दिए। घाइते पुनको पनि प्रवासमा पाल्पामा उपचारत छन्। जीप चालक रुपन्देही सिद्दार्थनगर नगरपालिकाका एकरार पठान वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा छन्।

प्रकाशित: ६ कार्तिक २०७५ ११:५२ मंगलबार

दुर्घट्ना मृत्यु