समाज

लेक लागेर विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु- खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर साेमवार एक विदेशी नागरिकको ज्यान गएको छ। 

सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। 

लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जनाएको छ। कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ लगिएको छ। 

प्रकाशित: ५ कार्तिक २०७५ १६:१४ सोमबार

विदेशी_नागरिक सगरमाथा_आधार_शिविर