समाज

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु


गोरखा– भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको आइतबार भिरबाट लडेर मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।
 छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले जानकारी गराए।
 घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए। कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन्। 

 

प्रकाशित: ५ कार्तिक २०७५ ०५:५६ सोमबार

भिरमौरी मुत्यु