गुल्मी – गुल्मीमा घरायसी झगडा हुँदा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए।
घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए।
प्रकाशित: ४ कार्तिक २०७५ ०८:५९ आइतबार